नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना
काठमाडाैं | जेठ २२, २०८१
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।
‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ’, उनले भने, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु ।’
नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ः१५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
पोखरा: पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ । पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखराद...
पोखरा: पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल ख...
काठमाडौं: नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नु भएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ। शनिबार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय का...

